काठमाडौं- हुण्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकका लागि हटलाइन सेवा सुरू गरेको छ।
कोभिडका कारण उत्पन्न भएको विषम् परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरूलाई आपतकालीन सेवा प्रदान गर्न यो सेवा सुरू गरिएको कम्पनीले जनाएको छ।
यो सेवा काठमाडाैं उपत्यकाका लागि सुरू गरिएको हो। हटलाइन सेवाका लागि ९८०१२०१५२० तथा ९८०१२३९२६० नम्बर तोकिएको कम्पनीले जानकारी दिएको छ।
आफ्नो ग्राहकप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउने हुण्डाइको प्रतिबद्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।