काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले जित हात पारेको छ। शुक्रबार राति अहमदावादमा सम्पन्न खेलमा पञ्जाबले लयमा रहेको बैंग्लोरलाई ३४ रनले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७९ रन बनायो। पञ्जावका लागि केएल राहुलले अविजित ९१ रन बनाए भने क्रिस गेलले ४६ रन बनाए।
राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए भने क्रिस गेलले ४६ र हरप्रितले अविजित रहँदै २५ रन बनाए। बैंगलोरका कायल जेमिसनले २ विकेट लिए ।
पञ्जबले दिएको १८० रनको लक्ष्य पछ्याएको बैंगलोर २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रनमा समेटियो। उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए भने रजत पतिदार र हर्सल पटेलले समान ३१ रन बनाए।
बैंग्लोरलाई सस्तैमा रोक्ने क्रममा हरप्रित ब्रारले ओरभा १ मेडनसहित १९ रन खर्चेर तीन विकेट लिए भने रवि विस्नोइले २ विकेट लिए । यस्तै रेइली मेरेडिथ, मोहम्मद सामी र क्रिस जोर्डनले समान १ विकेट लिए।
७ खेलमा ६ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लिएको छ भने बैंग्लोर १० अंक सहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।