काठमाडाैं- स्पेनिस कमेडियन तथा अभिनेता जुआन जोया बोर्जाको निधन भएको छ। जुआनको बुधबार भर्जेन देल रोकियो अस्पतालमा ६५ वर्षको उमेरमा निधन भएको हो।
जुआन मिमको दुनियाँमा निकै भाइरल तथा चर्चित व्यक्ति हुन्। उनी आफ्नो हाँसोको कारण भाइरल भएका थिए।
स्पेनिस एजेन्सी इएफईका अनुसार जुआनको दे ला कारिडाड अस्पतालमा उपचार भइरहेको थियो। उनी सन् २०२० तिरै खुट्टाको समस्या भएपछि अस्पताल भर्ना भएका थिए।
जुआनले ‘एल रिसिटस’ नाम सन् २००७ जुनमा एक स्पेनिस कमेडिअन कार्यक्रममा देखा परेपछि पाएका हुन्। कार्यक्रममा उनी आफ्नो जीवनका घटनाबारे सुनाउँदै थिए।
उनी पहिले एक रेष्टुरेन्टमा काम गर्थे। एक दिन उनले भाँडा छाडेछन्। समुद्रको छालले त्यो भाँडालाई लग्छ भन्ने सोचेर त्यसो गरेका थिए रे। यसरी कथा सुनाउदा सुनाउँदै जुआन त्यही हाँस्न थाले।
उनको हाँसो रोकिएकै थिएन। त्यसपछिको घटना सुनाउँदा समेत हाँसेको हाँस्यै भए। कार्यक्रम सञ्चालकले समेत आफ्नो हाँसो थाम्न सकेका थिएनन्।
जुआनको यो हाँसोको भिडिओ क्लिप पछि सन् २०१४ तिर भाइरल भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।