काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबार सञ्चालन गर्न थालेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल)ले निफ्रालाई कनेक्ट आरटीजीएस प्रणालीमा आबद्ध गराएपछि निफ्राको यो सेवा सुरू भएको हो।
नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्दै आएको सो प्रणालीमा निफ्रा पनि जोडिएको हो। यससँगै दुई लाखभन्दा माथिका भुक्तानीहरू तत्काल गर्न सकिने हुँदा यसले निफ्राको कोष व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो, जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।