काठमाडौं- गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ।
काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
‘एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए। म होम आइसोलेशनमा छु। अवस्था सामान्य छ,’ उनले लेखेका छन्।
उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।