काठमाडौं- खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण भएको छ।
मन्त्री थापाले बिहीबार बेलुका कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना पोजिटिभ देखिएको थापाका स्वकीय सचिव राजेन्द्र गौतमले बताए।
बिहान साढे ८ बजेतिर कोरोना पोजिटिभ रिपोर्ट आएपछि थापा मन्त्री निवासमै आइसोलेसन बसेका छन्। थापालाई सामान्य ज्वारो आउने, टाउको दुख्ने र वाकवाकी लाग्ने समस्या भएको गौतमले बताए।
यसअघि केहीदिन पहिले ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।