काठमाडाैं- क्लासिक टेकले ‘तूफान’ अफर सार्वजनिक गरेको छ। सरकारले जारी गरेको निषेधाज्ञामा घरमा बसेर गरिने अनलाइन जब र अनलाइन क्लासलाई ध्यानमा राखी ‘तूफान’ अफर सार्बजनिक गरेको हाे।
उक्त अफरमा सेवाग्राहीले ५० एमबीपीएस देखि १०० एमबीपीएससम्मको हाइ स्पिड इन्टरनेट र फ्री आईपीटीभी पनि पाउनेछन्।
तूफान अफरमा ५० एमबीपीएस अन्तर्गत प्रती महिना १,२५० को दरमा १ बर्षको लागि १५ हजार रुपैयाँ जसमा २ आईपीटीभी निःशुल्क हेर्न पाइनेछ तथा ८० एमबीपीएस अन्तर्गत ३ आईपीटीभी प्रति महिना १,४०० का दरले १६,८०० र १०० एमबीपीएस अन्तर्गत ३ आईपीटीभीसम्म प्रती महिना १,८०० को दरले २१,६०० मा जडान गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।