काठमाडौं- कोरोना महामारी न्युनिकरणको लागि सरकारले निषेधाज्ञाको आह्वान गरेसँगै नेपाल चलचित्र कलाकार संघले सहयोगको अपिल गरेको छ।
बिहीबार कलाकार संघले एक प्रेस विज्ञप्ती जारी गर्दै चलचित्रका श्रमजिवीका लागि सहयोगको आह्वान गरेको हो।
‘चलचित्रमा काम गर्ने कलाकार होस् या प्राविधिक होस्, बेरोजगार बनेकाले खान नसक्ने अवस्थामा पुगेका छन्। विपत् परेका बेला सहयोग गर्नु धर्म र कतव्र्य भएकाले स्वदेश तथा बिदेशमा रहेका सहयोगीलाई सहयोगका लागि अपिल गर्दछौं,’ संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।