काठमाडाैं– चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
दिल्लीमा बुधवार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको गरेको हैदरावादले २० ओभरमा तीन विकेट गमाउँदै १७१ रन बनाएको थियो। १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय पारी खेले। गायकवाडले ७५ रन बनाउँदा प्लेसिसले ५६ रन बनाए।हैदरावादका राशिद खानले ३ विकेट लिएका थिए।
हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय पारी खेल्दा कप्तान डेभिड वार्नरले ५७ रन बनाउका थिए।चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिएका थिए।
जितसँगै चेन्नई ६ खेलबाट १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। समान ६ खेल खेलेको हैदरावादको यो पाँचौ हार हो। हैदरावाद २ अंकसहित लिग तालिकाको अन्त्यमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।