काठमाडौं- एनआईसी एशिया बैंकले ‘एकीकृत हेल्प डेस्क’ सञ्चालन गरेको छ। कोरोनाभाइरसको बढ्दो संक्रमण र देशका विभिन्न जिल्लामा भएको निषेधाज्ञालाई मध्यनजर गर्दै बैंकले एकीकृत हेल्प डेस्क सञ्चालनमा ल्याएको जनाएको छ।
ग्राहकलाई अत्यावश्यक सेवा सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकले बैंकको डिजिटल माध्यम (मोबाइल/इन्टरनेट बैंकिङ, वेबसाइट तथा आईसर्भ)को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ सेवा लिन सक्ने जनाएको छ।
डिजिटल माध्यमबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा बैंकले खटाएका आधिकारिक व्यक्तिलाई सम्पर्क गरी सजिलै समाधान पाउन सक्ने बैंकले जनाएको छ।
यसका लागि बैंकको टोलफ्री नम्बर (१६६०-०१-७७७१) वा सीप लाइन नम्बर (०१-५९७०१०१) मा फोन गरेर सेवा लिन सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।