पोखरा– गण्डकी प्रदेश सभामा निर्णायक राष्ट्रिय जनमोर्चा (राजमो)का एक सांसद सम्पर्कविहीन भएका छन्।
तीन सांसद रहेको राजमोका खीम विक्रम शाही प्रदेश सभाको बैठकमा अनुपस्थित भएका छन् । प्रदेश सभाको बैठकमा उपस्थित नभएका शाहीको मोबाइल पनि अफ छ।
बहुमत अर्थात् ३१ मत पुर्याउन प्रतिपक्ष दलका सबै सांसदको मत आवश्यक पर्दछ। विपक्षी दलले बहुमत पुर्याउन नसके मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्ताव असफल हुनेछ।
सांसदहरुले बोल्ने क्रम सकिएपछि मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची छ। यसै वीच स्वतन्त्र सांसद दिपक मनाङे पनि सभामा उपस्थित भएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।