काठमाडाैं- निषेधाज्ञा सुरु हुनु एक दिनअघि बुधबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.७९ अंकले घटेर २५८५.०८ विन्दुमा ओर्लिएको हो।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि छ। सेन्सेटिभ २.१६ अंकले घटेर ४६५.१२ विन्दुमा कायम भएको छ।
आज कूल तीन अर्ब ९९ करोड चार लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१५ वटा कम्पनीका ६९ लाख ६५ हजार ५८८ कित्ता सेयर ४६ हजार ९५९ पटक खरिद-बिक्री भएका थिए।
आज विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन्। पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.१५ प्रतिशतका दरले गुमाएका छन्।
आज एनसीसी बैंक लिमिटेडको सबैभन्दा धेरै २८ करोड २९ लाख २६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा पनि एनसीसी बैंक अगाडि रहेको छ। आज उक्त बैंकका आठ लाख ३५ हजार ४६६ कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी दुई हजार ६७५ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।