भारत– इदको छोको पारेको यसपटक बलिउड अभिनेता सलमान खान र नव अभिनेता प्रशान्त बान्डे आमनेसामने हुने भएका छन्।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार ७ मे अर्थात २४ गते शाहरुख खान जस्तै रहेका प्रशान्त अभिनित फिल्म प्रेमातुर प्रर्दशन हुँदैछ । त्यसैको अर्को हप्ता सलमान खानको राधे हलमा लाग्नेछ।
'सलमान खानको राधे फिल्मको अगाडि प्रेमगन्ज निकै सानो फिल्म हो। यसमा प्रतिस्पर्धाको कुरै आउँदैन,' प्रशान्त भनेका छन्।
यस्तै उनले शाहरुख खानसँग १५ वर्षसँगै काम गरेको पनि बताएका छन्। यो फिल्ममा शाहरुखको नक्कली चरित्र बनेर नभई आफू आफैं बनेर अभिनय गरेको उनकाे भनाइ छ।
प्रशान्त आफैं फिल्मकाे निर्माता तथा लेखक हुन्। अभिनेताको हिसाबले यो उनको पहिलो फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।