एजेन्सी– पाकिस्तानका मोडल तथा कलाकार शहरोज सब्जवारी सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका छन्।
सर्ट नलगाई मर्निङवाक गरिरहेको भिडियो भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई बुर्का लगाउन सुझाए छन्।
महिलाले अनुहार छोप्न बुर्का लगाउनु पर्ने भएपनि पुरुषहरुले अंग प्रदर्शन गर्दै हिँदडेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो। कतिपयले उनलाई बुर्का लगाउन सुझाव दिएका छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेकी छन्, केटा मानिसको पनि बुर्का होला, कि महिलाले मात्रै बुर्का लगाउन पर्ने हो ?
कतिपयले भने हाम्रो सडकमा को नाङ्गै दौडिरहेको छ, के उ मुस्लिम नै हो भनेर समेत प्रश्न गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।