काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई मंगलबार राति ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको हो।
सोडियमको मात्रा कम भएपछि अस्पलताल लगिएको र अहिले अवस्था सुधारउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा‘जुगल’ ले जानकारी दिए।
सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन्। जसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी' भनिन्छ। पार्किन्सनको उपचारका लागि उनलाई अमेरिका, सिंगापुर, भारतसमेत लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।