काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अमेरिकाबाट कोरोनाविरुद्धको खोप ल्याउन सरकारले कूटनीतिक कौशल र उर्जा प्रयोग गर्नुपर्ने बताएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले अमेरिकाले कोरोनाविरुद्धको खोप विश्वका विभिन्न देशलाई सहयोग गर्न लागेको भन्दै त्यसलाई ल्याउन नेपालले कूटनीतिक प्रयास गर्नुपर्ने बताएका हुन्।
सरकारले केही समय अघि खोपका लागि अमेरिकी सरकारसँग सहयोग अनुरोध गरिसेको सन्दर्भमा अहिले खोपको उपलव्धता भएकोले सहयोग भित्र्याउन पहल सुरु गर्न आवश्यक रहेको थापाले उल्लेख गरेका छन्।
खोप ल्याउनका लागि पहल गर्न उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई अनुरोध गरेका छन् भने नेपालस्थित अमेरिकी राजदूतावासले पनि नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्याउन आवश्यक पहलकदमी गर्ने विश्वास लिएका छन्।
अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोना खोप सहयोगका रुपमा विश्वव्यापी रुपमा प्रदान गर्न लागेकोले कोरोनाको पछिल्लो लहरले आक्रान्त नेपाल लगायत दक्षिण एसियाका देशहरु लाभाविन्त हुने विश्वास थापाले व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।