काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न मन्त्रालयले टिम बनाएको हो।
मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति पनि तोकेको छ ।
आपूर्ति व्यवस्थापनका लागि प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको हो।
मन्त्रालयले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर दिएर वस्तु तथा सेवाको उत्पादन, वितरण तथा आपूर्ति प्रणालीमा कुनै समस्या आए तत्काल सम्पर्क गर्न भनेको छ ।
विभिन्न तहका कर्मचारी सम्मिलित टिमले आपूर्ति व्यवस्थाको अवरोध तत्काल समाधान गर्ने मन्त्रालयको भनाइ छ।
सरकारले काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
मन्त्रालयकाे सूचना र सम्पर्क व्यक्ति

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।