काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गते (बिहीबार)देखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ।
निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लनुपर्ने छैन।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारदेखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरेको हो।
निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।