काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
एकीकृत रुपमा कोरोनाविरुद्ध लड्नु जरुरी रहेको भन्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्रीको प्रबन्ध गर्न, अग्रमोर्चामा रहेका चिकित्सकलाई विशेष व्यवस्था गर्न तथा निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग एवम् समुदायलाई विशेष राहत दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समितिको बैठकले अक्सिजन, आइसियू, भेन्टिलेटर र आइसोलेसन सेन्टर व्यवस्था गर्न स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।