काठमाडौं– आन्तरिक हवाई उडानका यात्रुलाई ओसार्न साझा यातायातका बसहरु प्रयोग हुने भएका छन्।
काठमाडौं उपत्यकाका ३ जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको अवस्थामा आन्तरिक उडानका यात्रुको आवागमनलाई सहज पार्न साझा यातायातका बस प्रयोग गरिने भएका हुन्।
विमानस्थलमा ‘फ्लाइट लिन’का लागि जाने यात्रुहरुलाई भने हवाई टिकट र परिचय पत्रका आधारमा जान/आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजीकरणको व्यवस्था गरिने समेत जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।