काठमाडौं– सवारी तालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ।
यातायात व्यवस्था विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी अनिश्चितकालका लागि लाइसेन्सको अनलाइन आवेदन बन्द हुने जानकारी दिएको छ।
‘विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोडिभ १९ महामारीका कारण मिति २०७८/०१/१६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिने व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले जारी गरेको सूचनामा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।