काठमाडौं- बडादशैँको महाअष्टमीको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले आज उपत्यकाका शक्तिपीठहरुको दर्शन र पूजा अर्चना गरेकी छिन्।
राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुह्ेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाँकाल, संकटा, नरदेवी, इन्द्रयणी र शोभाभगवतीमा पूजाआजा एवं दर्शन गर्नुभयो । मन्दिरका पुजारीबाट राष्ट्रपति भण्डारीले फूलप्रसाद ग्रहण गरेकी छिन्।
नवदुर्गाको विशेष पूजा गरी आश्विन शुक्ल अष्टमीका दिन शक्तिपीठमा दर्शन गरे वर्षभरिका लागि आध्यामिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
त्यसअघि आज बिहान राष्ट्रपति भण्डारीले काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवतीमा पनि दर्शन र पूजा अर्चना गरेकी थिइन्।
तस्बिर : रत्न श्रेष्ठ, रासस ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।