• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्दै

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  १२:०४
1140x725

काठमाडौं- नेकपा एमालेमा प्रवेश गरेका गण्डकी प्रदेशका प्रदेश सांसद दिपक मनाङ्गेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने भएका छन्।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी मिलेर दर्ता गराएको अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने उनले बताए। 

वुधबार मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ हुदाँ विपक्षमा उभिने मनाङ्गेले बताए । नेपाल लाइभसँग कुरा गर्दै मनाङ्गले राष्ट्रिय जनमोर्चासँगै उभिने निर्णय गरेको बताए।

मुख्यमन्त्रीको विपक्षीमा उभिने भएपछि उनले सोमबार नै प्रदेश सभा सचिवालयमा स्वतन्त्र सांसदको हैसियत माग गर्दै निवेदन पनि दिएका छन्।

यसअघि एमालेको लहरमा बस्दै आएका उनी एकाएक स्वतन्त्रको हैसियत माग्दै निवेदन दिन पुगेका थिए। एमाले मनाङ्गेको भोट आफ्नो पक्षमा भएको भन्दै आएको अवस्थामा उनले यस्तो निर्णय गरेका हुन्।  

गुरुङको सरकार ढल्ने निश्चित देखेपछि सोमबार स्वतन्त्र सांसदको हैसियत माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएपछि प्रतिक्रिया दिँदै उनले सत्ताका लागि आफूले यस्तो निर्णय नगरेको दाबी गरे।

निर्वाचनमा विजयी भएको करिब २ वर्षपछि प्रदेश सभाको सपथ खाए त्यसलगत्तै उनी नेकपा प्रवेश गरेका थिए। मनाङमा उनी एमाले कै समर्थनमा विजयी भएकाले प्रदेश सभामा पनि उक्त पार्टीको सांसदको भूमिकामा रहेका थिए।

सोमबारवाट सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव टेबुल भएको छ। मनाङ्गे सो प्रस्तावको विपक्षमा उभिने अनुमान गरिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

आफू स्वतन्त्र रुपमा विजयी भएसँगै एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उक्त पार्टीमा लागेको तर, दुवै पार्टी अलग अलग भएकाले आफूले स्वतन्त्र सांसदको हैसियत मागेको मनाङ्गेले नेपाल लाइभसँग बताए।

‘नेकपा हुँदा ठिकै लागेको थियो तर एमाले एकातिर माओवादी अर्कातिर हुँदा कस्तो कस्तो लाग्दोरहेछ,’ उनले भने, ‘मलाई त एमालेतिर बस्न राम्रो लागेन त्यसैले स्वतन्त्रको निवेदन दिएको हुँ।’ मुख्यमन्त्रीमा कसलाई मत दिने त ? भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रिय जनमोर्चा जता भोट हाल्छ उतै दिने सोच बनाएको छु।’ 

जनमोर्चाले लिएको निर्णय ठिक लागेकाले आफूले यस्तो निर्णय गरेको उनले बताए।  जनमोर्चाले यसअघि नै मुख्यमन्त्री गुरुङलाई दिएको विश्वासको मत फिर्ता लिएको छ। जनमोर्चाले सरकारका पनि नजाने र गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

जनमोर्चाको पछि लाग्ने भन्दै उनले मुख्यमन्त्रीको निरन्तरताको पक्षमा नरहेको बताए। गण्डकी प्रदेशमा एमाालेका मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

गण्डकीमा ३ सिट रहेको जनमोर्चा सत्ताका लागि निर्णायक बनेको छ। तर, जनमोर्चाले मुख्यमन्त्री गुरुङको विपक्षमा उभिने निर्णय केन्द्रीय तहबाट गरेको छ। 

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेले आफ्नो २७ र १ स्वतन्त्र गरी मुख्यमन्त्रीको पक्षमा २८ सांसद रहेको दाबी गर्दै आएको थियो। विपक्षी मोर्चामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदसहित ३२ सांसद छन्।

मनाङ्गेले अविश्वासको प्रस्तावको पक्षमा मत दिएमा यो संख्या ३२ हुनेछ।  मनाङ्गे यो निर्णयलाई कतिपयले सम्भावित मन्त्रीको रुपमा चर्चा पनि गरेका छन् ।  

प्रदेश सभालाई जवाफ दिँदै मुख्यमन्त्री 

मुख्यमन्त्री गुरुङले मंगलवार प्रदेश सभामा आफूमाथि लागेका आरोपमा जवाफ दिँदै छन्। अविश्वासको प्रस्तावदेखि ३ वर्षको अवधिमा प्रदेश सभाले गरेका काम बारेमा उनले जवाफ दिने छन्। साथै उनले आफूलाई विश्वासको मत पनि माग्ने छन्। 

सत्ता ढाल्न केन्द्रीय नेता नै पोखरामा 

माओवादी केन्द्रका केही सांसदहरुले फ्लोर क्रस गर्न सक्ने भन्दै नेपाली काग्रेसले चिन्ता व्यक्त गरेपछि केन्द्रीय नेताहरु नै पोखरा पुगेका छन्। माओवादी केन्द्रका गण्डकी इन्चार्ज देवेन्द्र पौडेल आफै‌ पोखरामा सत्ता गठवन्धन मिलाउन दौडधुपमा रहेका छन्। स्रोतका अनुसार एक सांसद मात्र अनुपस्थित वा फ्लोर क्रस गर्दा परिणाम उल्टो आउने भएकाले उनी आफै‌ समीकरण मिलाउन खटिएका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल
सम्बन्धित सामग्री
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र... बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली ‘नेपालको बलिदानपूर्ण लामो सङ्घर्षबाट ल्याएको लोकतन्त्र अपहरित भएको छ । आज लोकतन्त्रको पुन: सुदृढीकरण होइन आपस लिनुपर्ने भएको छ’, उनल... बिहीबार, साउन ७, २०८३
चीनको साताव्यापी भ्रमणमा निस्किए पूर्व प्रधानमन्त्री झलनाथ खनाल खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् । बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्