काठमाडौं- गृह मन्त्रालय हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवन (शिक्षा मन्त्रालय अगाडि)मा सर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनर्निर्मित भवनमा सरेपछि गृहलाई त्यसमा ल्याउन लागिएको हो।
यसअघि प्रधानमन्त्री कार्यालयमा रहेको भवन (सिंहदरबारको मुख्य भवन)मा भूकम्पले क्षति पुर्याएपछि प्रधानमन्त्री कार्यालय शिक्षा मन्त्रालय अगाडिको भवनमा सरिएको थियो। क्षतिग्रस्त भवनलाई रेट्रोफिटिङ गरिएपछि प्रधानमन्त्री कार्यालयलाई पुन: त्यहाँ सारिएको हो।
हाल गृह मन्त्रालयको भवन भत्काएर नयाँ र सुविधा सम्पन्न बनाउन लागिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। अहिले गृह मन्त्रालयका सबै फर्निचरसहित अन्य कागजपत्र सार्नेक्रम सुरु भएको छ।
गृह मन्त्रालयको सारिँदै गरेको भवन। तस्बिर: नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।