• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अक्सिजन उत्पादक भन्छन्– ‘अभाव छैन, आत्तिएर घरमा भण्डारण गर्नतिर नलाग्नुस्’

64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  १६:३१
1140x725
फाइल तस्वीर– एपी

काठमाडौं– दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएसँगै आम नागरिकले अक्सिजन पनि पाइने हो कि हैन भन्ने चिन्ता व्यक्त गरिरहेका छन्। दोस्रो लहरको कोरोना संक्रमणको चपेटमा रहेको भारतमा अक्सिजन सपोट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो। 

भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोटमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ। 

आवश्यक परेका बेला उपयोग गर्न सकिने गरी अक्सिजन उपलब्ध गराउने गरी सरकारले पछिल्लो समय अक्सिजन उत्पादक (व्यवसायी)हरुसँग छलफल गरेको छ। कोरोना संक्रमितको जीवनरक्षाका लागि अक्सिजनक आवश्यक पर्नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गरिदिन पनि आग्रह गरेको छ। 

अक्सिजनको प्रयोग गरिने उद्योग तत्कालका लागि बन्द गरिदिन भनेर स्वास्थ्य मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै पठाएर लिखित रुपमा समेत आग्रह गरेको छ। 

कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग ? 
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्। 

काठमाडौं उपत्यकामा रहेका ८ वटा उद्योगमध्ये ७ वटाले उत्पादित अक्सिजन बजारलाई उपलब्ध गराउने गरेको  अक्सिजन उत्पादक संघका अध्यक्ष  शारडाले बताए।  एउटा सिसा उद्योगले आफ्नो लागि मात्र अक्सिजन उत्पादन गर्ने गरेको छ।  अन्य उद्योगहरुले भने बजारकै लागि उत्पादन गर्ने गरेको उनले बताए। 

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेकाले उनीहरुलाई समेत सक्रिय बनाएमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ। 

नेपालमा उत्पादन हुने अक्सिजनमध्ये  ३० देखि ४० प्रतिशसत औद्योगिक प्रयोगमा खपत हुने गर्छ। महामारीका बेला अक्सिजन प्रयोग गरिने उद्योग बन्द हुने भएकाले मेडिकल प्रयोजनका लागि अक्सिजनको अभाव नहुने अध्यक्ष शारडा बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

महामारी बढ्दै गएपछि पछिल्लो समय अक्सिजनको माग भने पहिलेको तुलनामा बढेको अध्यक्ष शारडा बताउँछन्।  मागअनुसार आपूर्ति पनि भइरहेको उनले बताए। 

अहिलेको अवस्थामा अक्सिजनको भन्दा पनि अक्सिजन भर्न प्रयोग हुने सिलिण्डरको अभाव हुनसक्ने शारडा बताउँछन्। मानिसहरुले अक्सिजन किनेर घरमा भण्डारण गर्न थाल्दा सिलिण्डरको अभाव हुने उनको भनाइ छ। 

'हिजोआज अक्सिजनसँगै सिलिण्डर खोज्ने मानिसको संख्या पनि बढेको छ। एउटा भएपनि मलाई सिलिण्डर चाहियो भन्न थालेका छन्,' अक्सिजन उत्पादक संघका अध्यक्ष शारडाले नेपाल लाइभसँग भने, 'मानिसहरुले सिलिण्डर लगेर घरमा भण्डारण गर्न लागेका छन्।'

अध्यक्ष शारडा खाना पकाउने (एलपी) ग्यास जस्तै अक्सिजन पनि घरमा स्टक गरेर राख्न जरुरी नभएको बताउँछन्। अक्सिजन उद्योगले पनि यसरी दिने कार्य गर्न नहुने उनको भनाइ छ। 

'नेपालगञ्जमा संक्रमित बढेपछि अक्सिजनको माग बढेको छ। व्यक्तिका घरमा र अस्पतालमा समेत अक्सिजनका थप सिलिण्डर जान थालेका छन्,' उनले भने, 'गत वर्षको कोभिडमा पनि हामीले पर्याप्त मात्रामा उपलब्ध गराएका थियौं। अहिले उक्त अवस्थामै पुगेको छैन, तर मानिसहरु धेरै आत्तिएको देखिन्छ।' 

आवश्यक परेको अवस्थामा काठमाडौं उपत्यकामा सहज रुपमै उपलब्ध गराउन सक्ने गरी उद्योगहरुले अक्सिजनको आपूर्ति गरिरहेको शारडाले बताए। 

अध्यक्ष शारडाका अनुसार कोरोना संक्रमितको सपोटका लागि प्रयोग हुने अक्सिजनका सिलिण्डर धोएर तथा पूर्ण रुपमा सेनिटाइज गरेर पुन: प्रयोगमा ल्याइन्छ। 

बिरामी भएका घरलाई मात्र अक्सिजन
अध्यक्ष शारडा आफूहरुले अहिले अक्सिजनको सपोट आवश्य पर्ने बिरामी भएका घरमा मात्रै अक्सिजन भरेर सिलिण्डर पठाइरहेको बताए। अहिले धेरैजसो मानिसले अक्सिजनको सानो सिलिण्डर लैजान खोजेपनि आफूहरुले घरमा अक्सिजनको सपोट आवश्य पर्ने बिरामी भए–नभएको यकीन गरेर मात्रै पठाउने गरेको उनी बताउँछन्। 

'धेरै जनाले अहिले सानो सिलिण्डर लैजान खोजिरहेका छन्। तर, हामीले माग भएको घरमा अक्सिजन आवश्यक पर्ने बिरामी भए–नभएको यकीन गरेर, रेकर्डमा राखेर मात्रै पठाइरहेका छौं,' उनले भने, 'यसरी दिदाँ फोन नम्बर र नाम लेखिन्छ। अक्सिजनको सिलिण्डर लगेका व्यक्तिले ७ देखि १० दिनभित्र अनिवार्य रुपमा खाली सिलिण्डर फिर्ता गर्नुपर्ने शर्त समेत राखिएको हुन्छ।'

सिलिन्डर लगेका मानिसहरुलाई फोन गरेर सम्झाउने गरेको र तोकिएको अवधि भन्दा धेरै राखेमा प्रत्येक दिनको अतिरिक्त २ रुपैयाँ शुल्क लिने गरिएको उनले बताए। 'जसलाई अक्सिजनको आवश्यकता परेको त्यस्ता व्यक्तिले पाओस्,  नचाहिनेले घरमा स्टक नगरोस् भनेर जरिवाना समेत लगाएका छौं,' शारडाले भने। 

आवश्यक परेको खण्डमा व्यवसायीहरु जुनसुकै समयमा पनि अक्सिजन उपलब्ध गराउन सक्ने अवस्थामा रहेको उनले बताए। 'अस्पतालले माग गरेमा अहिले पनि रातिको १२ बजे समेत हामीले अक्सिजन उपलब्ध गराउँदै आएका छौं,' शारडाले भने, 'काठमाडौंमा अक्सिजन नपाइने पो हो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन।'

कान्तिपुर अक्सिजन उद्योगका म्यानेजर कुमार चुडाल पनि अक्सिजन अभाव नहुने बताउँछन्। मानिसमा अक्सिजन अभाव हुन्छ कि भन्ने चिन्ता बढेपछि अवस्था त्यस्तो नरहेको उनले बताए। गएको वर्ष उच्च दरमा संक्रमितहरु बढ्दा समेत अक्सिजन अभाव नभएको उल्लेख गर्दै चुडालले संक्रमितको संख्या समेतलाई ख्याल गर्दा अक्सिजन अभाव हुन्छ कि भनेर अहिले धेरै आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ। 

'गत वर्ष कोभिड संक्रमण पिकमा पुग्दा पनि अक्सिजनको अभाव भएको थिएन, उत्पादन र आपूर्ति नियमित भएको थियो,' चुडालले नेपाल लाइभसँग भने, 'अहिले त्यो अवस्था पनि छैन। अहिले सवै उद्योगहरु चालू अवस्थामै छन्, क्षमता अनुसार नै उत्पादन गरिरहेका छन्।’ 

अहिले सिभिल र वीर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना भएकाले अभाव नहुने उनको भनाइ छ। यद्यपि केही व्यक्तिले भने आपत्‌कालीन अवस्था आउँछ कि भनेर अक्सिजनका सिलिन्डर स्टक गरेर राख्ने प्रवृति भने बढेको उनले बताए। 

नेपालमा लिक्विडबाट अक्सिजन सप्लाइ नहुने भएकाले सिलिन्डरको भने अभाव हुनसक्ने चुडाल पनि स्वीकार्छन्।  'भएका सिलिन्डरहरु बजारमै हुने र केही घरमा थन्किने भए भने सिलिन्डर अभाव हुनसक्छ,' चुडालले भने,  'यसका लागि सिलिन्डर स्टक नराख्ने र खाली सिलिन्डर उद्योगलाई तत्काल उपलव्ध गराउने व्यवस्था हुनुपर्छ।'

आफूले दैनिक २२ घन्टा उद्योग चलाएर अक्सिजन उत्पादन गरेको आपत्‌कालीन अवस्थामा २४ घन्टा उद्योग सञ्चालन गरेर पूर्ति गर्न सकिने चुडाल बताउँछन्। 

केही उद्योगहरुले अहिले आफ्नो प्लान्ट १८ घन्टा चलाएर उत्पादन गरिरहेको उनले बताए। १८ घण्टाको समयलाई बढाएर उत्पादन बढाउन सकिने उनी बताउँछन्। 

यद्यपि पछिल्लो समय विद्युत् आपूर्तिमा भइरहेको समस्याले केही अप्ठेरो परहेको उनले सुनाए। 'बीचमा झ्याप झ्याप बत्ती जाने गरेकाले केही समस्या उत्पन्न भएको छ। विद्युत् आपूर्तिमा भएको समस्या भने समाधान गर्नुपर्ने देखिन्छ,' चुडालले भने। 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
सम्बन्धित सामग्री
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
भारतीय छ लाखसहित दुई पक्राउ जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक... शनिबार, वैशाख २६, २०८३
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आ... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्