काठमाडौं- लक्ष्मी बैंकले एलएक्सबीकनेक्ट नामक एपीआई डेभलपर प्लेटफर्ममा साझेदारीका लागि आह्वान गरेको छ। एपीआई बैंकिङको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीतिबमोजिम बैंकले उक्त साझेदारी आह्वान गरेको हो।
साझेदारीअन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरूलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्ने बैंकले जानकारी दिएको छ।
‘एलएक्सबीकनेक्ट स्यान्डबक्स इन्भाइरोमेन्टअन्तर्गत इच्छुक साझेदारहरूले बैंकिङ सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआईसँग सम्बन्धित कार्यसँग एकीकरणका सम्भावनाहरूलाई कार्यान्वयन गर्न तथा आफू अनुकूल प्रयोग गर्न सक्नहुन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लक्ष्मी बैंकले खाता व्यवस्थापन, वित्तीय तथा गैरवित्तीय गरी तीन वर्गमा प्रयोग हुने गरी एपीआईमा पहुँच प्रदान गर्ने जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।