काठमाडाैं- गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार केन्द्र सरकारको मतियार भएकाले अविश्वासको प्रस्ताव ल्याएको बताएका छन्।
अविश्वासको प्रस्ताव संसद्मा टेबुल भइसकेपछि बोल्ने क्रममा पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमप्रति मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले साथ दिएकोप्रति आपत्ति जनाए।
२०१७ सालमा राजाले र २०५१ मा गिरिजाप्रसाद कोइरालाले गरेको संसद् विघटनलाई अहिले तुलना गर्नुको सान्दर्भिकता नहुने उनले बताए। संसद् विघटनलाई साथ दिएको भन्दै मुख्यमन्त्री अभिव्यक्तिप्रति रोष प्रकट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।