काठमाडौं– कोरोना भाइरस संक्रमणको दोस्रो लहर तिव्ररुपमा फैलिँदै गएसँगै प्रहरीले थप कडाइ गर्न सुरु गरेको छ।
प्रहरीले सोमबार(आज) मास्क नलगाइ हिँडेका १३ सय २५ जनालाई केही समय होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरि पठाएको थियो। जसमध्ये १००३ पुरुष र ३२२ महिला रहेको प्रहरीले जनाएको छ।
संक्रामक रोग रोकथाम तथा नियन्त्रणका लागि संक्रामक ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोगगरी मास्क नलगाई हिँडनेहरुलाई होल्डिङ सेन्टरमा राखेर सम्झाइबुझाइ गरेर पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमार वस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।