काठमाडौं- एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नका लागि ‘कन्ट्याक्टलेस कार्ड’ जारी गरेको छ।
एनएमबि बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणका लागि भन्दै फिन्टेक इन्टरनेसनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको हो। उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दूरीको आधारमा बस भाडा स्वतः गणना हुने र उक्त भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ।
हालको प्रतिकुल परिस्थितिमा यात्रुलाई बस भाडा तिर्न सहजता होस् भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न सुरु गरेको हो। हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेकोे बैंकले जनाएको छ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।