काठमाडौं– सरकारी निर्णय अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेको आरोपमा सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालक पक्राउ परेका छन्।
विद्यालय बन्द गर्ने सरकारको निर्णय अवज्ञा गरेर खोलेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले नेपाल लाइभलाई जानकारी दिए।
पक्राउ परेकाहरुलाई संक्रामक रोक ऐन २०२० अनुसार कारबाही हुने पोखरेलले जानकारी दिए।
कोरोना संक्रमण तिव्ररुपमा फैलिएपछि सरकारले सोमबारदेखि वैशाख मसान्तसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।