काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा आह्वान गरेका छन्।
नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको २२ औं स्मृति दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै नेता नेपालले अधिकारीले राष्ट्रिय स्वाधीनता, कम्युनिस्ट एकता र देश विकासमा पुर्याएका योगदानको स्मरण गरेका छन्।
‘मनमोहन स्मृति दिवसको अवसरमा उहाँले राष्ट्रिय स्वाधिनता, कम्युनिस्ट एकता र देश विकासमा पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अहिले कम्युनिस्ट सरकारले विकृति र विसंगतिलाई प्रश्रय दिने काम गरिरहेको आरोप नेता नेपालको छ।
अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिस्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरीब परिवारले राहतको महसुस गर्न नससकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको नेता नेपालले जनाएका छन्। 
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।