कैलाली– कञ्चनपुरबाट जन्ती लिएर बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दुर्घटना हुँदा दशरथचन्द नगरपालिका–९ का ५५ वर्षीय देवीलाल जोशीको मृत्यु भएको हो। जिप सोमबार(आज) विहान करिब ६ बजेटिर दुर्घटनामा परहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुलहा, दलहीसहित ११ जना घाइते रहेको र घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए ।
दुर्घटनाको कारणबारे खुलेको छैन । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।