फाइल तस्बिर
काठमाडाैं–काठमाडाैं उपत्यका सहित नाै जिल्लामा निषेधाज्ञा जारी हुन सक्ने देखिएकाे छ। काेभिड १९ काे संक्रमण भयावह हुँदै गएपछि आइतबार बसेकाे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्न स्थानीय सरकारलाई अधिकार दिनुपर्ने सिफारिस केन्द्र सरकारलाई गरेको छ।
सीसीएमसीले पहाडी (गाउँ क्षेत्र) मा दुई सय संक्रमित र सहरी क्षेत्रमा पाँच सय जना सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सिफारिस गरेकाे हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न नौ जिल्लामा आइतबारसम्म पाँच सय बढी सक्रिय संक्रमित छन्।
यी जिल्लामा हुन सक्छ निषेधाज्ञा
पाँच सय भन्दा धेरै कोभिडका सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर भक्तपुर, मोरङ, पर्सा, कास्की, रुपन्देही, बाँके र दाङ रहेकाे छ।
बाँकेमा जिल्ला प्रशासन कार्यालयले आज राती १२ वजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेकाे छ भने उपत्यकाका सिडियाेहरुकाे वैठक बस्दै छ।
उक्त वैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्नेबारे निर्णय लिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
पछिल्ला दिनहरुमा काठमाडाैं उपत्यकामा पनि संक्रमण तिव्र गतिमा उकालाे लागेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।