काठमाडौं– प्रमुख शहरहरुमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिन मन्त्रिपरिषद्मा सिफारिस गरिएको छ ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले प्रमुख शहरहरुमा सक्रिय संक्रमितको संख्या ५०० पुगेमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।
यस्तै, पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० पुगे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा लकडाउन गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गर्न सीसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।