काठमाडाैं- युवा पुस्तामाझ परिचित युवा गायक नितेशजंग कुँवरले संगीतिक करिअरबाट बिदा लिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संगीतिक यात्रा टुङ्गिएको घोषणा गरेका हुन्।
उनले स्ट्याटसमा लेखेका छन्, 'प्रिय साथीहरु, मैले मेरो संगीतिक यात्राबाट विश्राम लिएको छु। सबैलाई धन्यवाद दिन चाहन्छु, यो रोचक यात्राका लागि।'
उनले सम्पूर्णमा स्वास्थ र नम्र रहन पनि आग्रह गरेका छन्। साथै, ह्यासट्यागमा परिवर्तनको संकेत दिएका छन्। उनले के कारण यो क्षेत्रको यात्रा टुङ्ग्याएको भन्नेबारे भने जानकारी दिएका छैनन्।
यो खबरले उनका फ्यानहरुलाई भने दुःखी बनाएको छ। नितेशका हाम्रो नेपालमा, निष्ठुरी मोरी, गेडे जस्तो जिन्दगीलगायतका गीत चर्चित छन्। उनले नेपाली संगीत क्षेत्रमा फरक स्वाद पस्केकैले छोटो समयमा सबैको मन जित्न सफल भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।