• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी जवानको मिलेमतोमा हतियारको तस्करी, तस्करलाई नै लुट्न खोज्दा ८ जना पक्राउ [भिडियोसहित]

64x64
नारायण अधिकारी आइतबार, वैशाख १२, २०७८  १४:३७
1140x725

काठमाडौं- प्रहरी जवानकै मिलेमतोमा भारतमा पेस्तोल किनेर नेपाल ल्याई लुटपाट हुने गरेको तथ्य बाहिरिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा हतियार र लागू औषधको तस्करी गराउन सहजीकरण गर्ने तथा तस्करहरुलाई नै लुटपाट गर्दै आएको एउटा गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।  

प्रहरी जावन समेतको संलग्नतामा भारतबाट नेपालतर्फ हतियारसहित लागू औषधको तस्करी गराउने र तस्करी गर्नेहरुलाई नै नेपालमा आएर लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

यसपटक लुटको योजना बनाउँदै गरेको अवस्थामा प्रहरी जवानसहितको समूहलाई स्वचालित पेस्तोल र लागू औषधसहित जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा रौतहटको सखुहवा नगरपालिका-१ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव, मकवानपुरको मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगञ्ज महानगरपालिका-१२ का ४३ वर्षीय लालबाबु सिंह, सोही ठाउँका ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुवँर सिंह छन्। 

यस्तै, वीरगञ्ज-१५ का २४ वर्षीय नन्दन सिंह र सोही ठाउँका ३१ वर्षीय रोशन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी जवान यादव आफैं लागू औषध प्रयोगकर्ता भएको पाइएको पर्साका एसपी वेलबहादुर पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। ‘गैरव्यावसायिक काम गर्ने र लागू औषध तथा हतियार कारोबारीको समूहमा प्रत्यक्ष संलग्न भएपछि प्रहरी जवानलाई पक्राउ गरेका हौं,’ एसपी पाण्डेले भने, ‘जवानविरुद्ध पनि फौजदारी कसुरमा मुद्दा चलाउँछौं।’

जवान अवधेशप्रसादको व्यवहार संकास्द रहेकाले प्रहरीले उनीमाथि सुक्ष्म रुपमा निगरानी बढाएको थियो। अन्ततः उनी हतियार र लागू औषध कारोबारीको मतियार भएको खुलेपछि पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले बताए। 

पर्सा प्रहरीले सुरुमा वैशाख ८ गते साँझ ६ बजेतिर ‘सनमिका’ लेखिएको अटोमेटिक पेस्तोलसहित राजु रानामगरलाई पक्राउ गरेको थियो। भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनको साथबाट स्वचालित पेस्तोलसँगै २ थान म्यागेजिन बरामद भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

हतियार बरामद भएसँगै उनीमाथि अनुसन्धान शुरु गरेको प्रहरीले उक्त हतियार नेपालमा लुटपाट गर्ने उदेश्यले भारतमा किनेर ल्याइको र यस योजनामा प्रहरी जवान अवधेशप्रसादको समेत संलग्नता रहेको खुलेको तथ्य फेला पारेको थियो। 

प्रहरीका अनुसार वैशाख ८ गते नै दिउँसो राजु रानामगर र काठमाडौंतिर बस्ने भनिएका, तर यकीन ठेगाना नखुलेका राम प्रजापतिले भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल १ लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए। 

त्यसमध्येको १ थान पेस्तोल तथा ४ थान म्यागेजिनसहित लागू औषध डाइजिपाम, नुर्फिन, फिनार्गन राम प्रजापतिले बोकेका थिए। भारतबाट पेस्तोल र लागू औषध बोकेर उनी वीरगन्ज बसपार्कमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए। 

राम प्रजापतिले पेस्तोल र लागू औषध बोकेको सूचना  प्रहरी जवान अवधेश प्रसाद यादवले पाएका थिए। तर, उनले त्यसबारे आफ्नो तालुक निकायमा खबर नगरी तस्करको समूहका व्यक्तिलाई खबर गरेका थिए। 

पछि प्रहरी जवान यादवसहित लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द प्रसाद गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहसहितका व्यक्तिले  राम प्रजापतिको साथबाट पेस्तोल १ थान, म्यागेजिन ४ थान, आधा तोलाको सुनको मुद्रा, ७ हजार रुपैयाँ नगद र लागू औषध लुटपाट गरेका थिए। 

होटलमा लुटपाट हुँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले मनकामना होटलबाट लुटपाटमा संलग्न प्रहरी जवानसहित ७ जनालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार होटलमा लुटपाट गर्नेसहित पक्राउ परेका आठै जना नेपाल-भारत सीमा क्षेत्रमा हातहतियार तथा लागू औषधको तस्करी गराउने गिरोहका सदस्य हुन्। 

यो समूहले काठमाडौं लगायत विभिन्न ठाउँबाट लागू औषध तथा हतियार खरिद गर्न आउने व्यक्तिहरुलाई भारत ललगेर त्यहाँका तस्करहरुसँग सम्पर्क गराउने गरेका थिए। भारतमा हतियार र लागू औषध खरिद गराइ सीमा क्षेत्रबाट ओसारपसार गराइदिने र त्यसबापत कमिसन लिने प्रहरीका सीमा क्षेत्रबाट आफैं तस्करी गर्ने व्यक्तिलाई भने उनीहरुले नेपाल आएर लुटपाट गर्ने गरेका थिए। 

पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, लागू औषध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

भिडियो:

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्