• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरी जवानको मिलेमतोमा हतियारको तस्करी, तस्करलाई नै लुट्न खोज्दा ८ जना पक्राउ [भिडियोसहित]

64x64
नारायण अधिकारी आइतबार, वैशाख १२, २०७८  १४:३७
1140x725

काठमाडौं- प्रहरी जवानकै मिलेमतोमा भारतमा पेस्तोल किनेर नेपाल ल्याई लुटपाट हुने गरेको तथ्य बाहिरिएको छ। नेपाल-भारत सीमा क्षेत्रमा हतियार र लागू औषधको तस्करी गराउन सहजीकरण गर्ने तथा तस्करहरुलाई नै लुटपाट गर्दै आएको एउटा गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।  

प्रहरी जावन समेतको संलग्नतामा भारतबाट नेपालतर्फ हतियारसहित लागू औषधको तस्करी गराउने र तस्करी गर्नेहरुलाई नै नेपालमा आएर लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

यसपटक लुटको योजना बनाउँदै गरेको अवस्थामा प्रहरी जवानसहितको समूहलाई स्वचालित पेस्तोल र लागू औषधसहित जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरुमा रौतहटको सखुहवा नगरपालिका-१ घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव, मकवानपुरको मनहरी गाउँपालिका-५ का २५ वर्षीय राजु रानामगर, पर्साको वीरगञ्ज महानगरपालिका-१२ का ४३ वर्षीय लालबाबु सिंह, सोही ठाउँका ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुवँर सिंह छन्। 

यस्तै, वीरगञ्ज-१५ का २४ वर्षीय नन्दन सिंह र सोही ठाउँका ३१ वर्षीय रोशन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी जवान यादव आफैं लागू औषध प्रयोगकर्ता भएको पाइएको पर्साका एसपी वेलबहादुर पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। ‘गैरव्यावसायिक काम गर्ने र लागू औषध तथा हतियार कारोबारीको समूहमा प्रत्यक्ष संलग्न भएपछि प्रहरी जवानलाई पक्राउ गरेका हौं,’ एसपी पाण्डेले भने, ‘जवानविरुद्ध पनि फौजदारी कसुरमा मुद्दा चलाउँछौं।’

जवान अवधेशप्रसादको व्यवहार संकास्द रहेकाले प्रहरीले उनीमाथि सुक्ष्म रुपमा निगरानी बढाएको थियो। अन्ततः उनी हतियार र लागू औषध कारोबारीको मतियार भएको खुलेपछि पक्राउ गरेर अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले बताए। 

पर्सा प्रहरीले सुरुमा वैशाख ८ गते साँझ ६ बजेतिर ‘सनमिका’ लेखिएको अटोमेटिक पेस्तोलसहित राजु रानामगरलाई पक्राउ गरेको थियो। भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका उनको साथबाट स्वचालित पेस्तोलसँगै २ थान म्यागेजिन बरामद भएको थियो। 

Ncell 2
Ncell 2

हतियार बरामद भएसँगै उनीमाथि अनुसन्धान शुरु गरेको प्रहरीले उक्त हतियार नेपालमा लुटपाट गर्ने उदेश्यले भारतमा किनेर ल्याइको र यस योजनामा प्रहरी जवान अवधेशप्रसादको समेत संलग्नता रहेको खुलेको तथ्य फेला पारेको थियो। 

प्रहरीका अनुसार वैशाख ८ गते नै दिउँसो राजु रानामगर र काठमाडौंतिर बस्ने भनिएका, तर यकीन ठेगाना नखुलेका राम प्रजापतिले भारतको रक्सौलबाट मुस्तफा भन्ने व्यक्तिसँग २ वटा पेस्तोल १ लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए। 

त्यसमध्येको १ थान पेस्तोल तथा ४ थान म्यागेजिनसहित लागू औषध डाइजिपाम, नुर्फिन, फिनार्गन राम प्रजापतिले बोकेका थिए। भारतबाट पेस्तोल र लागू औषध बोकेर उनी वीरगन्ज बसपार्कमा रहेको मनकामना गेस्ट हाउसको कोठा नम्बर १०५ मा बसेका थिए। 

राम प्रजापतिले पेस्तोल र लागू औषध बोकेको सूचना  प्रहरी जवान अवधेश प्रसाद यादवले पाएका थिए। तर, उनले त्यसबारे आफ्नो तालुक निकायमा खबर नगरी तस्करको समूहका व्यक्तिलाई खबर गरेका थिए। 

पछि प्रहरी जवान यादवसहित लालबाबु सिंह, श्यामबाबु कुशवाहा, अरविन्द प्रसाद गुप्ता, कुँवर सिंह, नन्दन सिंह र रोशन सिंहसहितका व्यक्तिले  राम प्रजापतिको साथबाट पेस्तोल १ थान, म्यागेजिन ४ थान, आधा तोलाको सुनको मुद्रा, ७ हजार रुपैयाँ नगद र लागू औषध लुटपाट गरेका थिए। 

होटलमा लुटपाट हुँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले मनकामना होटलबाट लुटपाटमा संलग्न प्रहरी जवानसहित ७ जनालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार होटलमा लुटपाट गर्नेसहित पक्राउ परेका आठै जना नेपाल-भारत सीमा क्षेत्रमा हातहतियार तथा लागू औषधको तस्करी गराउने गिरोहका सदस्य हुन्। 

यो समूहले काठमाडौं लगायत विभिन्न ठाउँबाट लागू औषध तथा हतियार खरिद गर्न आउने व्यक्तिहरुलाई भारत ललगेर त्यहाँका तस्करहरुसँग सम्पर्क गराउने गरेका थिए। भारतमा हतियार र लागू औषध खरिद गराइ सीमा क्षेत्रबाट ओसारपसार गराइदिने र त्यसबापत कमिसन लिने प्रहरीका सीमा क्षेत्रबाट आफैं तस्करी गर्ने व्यक्तिलाई भने उनीहरुले नेपाल आएर लुटपाट गर्ने गरेका थिए। 

पक्राउ परेकाहरुविरुद्ध संगठित अपराध, लागू औषध र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

भिडियो:

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
डोजर लाउने मान्छे आए भनेर डराएका छन्- ओली बिहीबार, माघ ८, २०८२
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्