काठमाडौं– परीक्षामा सहभागी विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिम विश्वविद्यालयका परीक्षाहरु स्थगित भएका छन्।
विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कृषि विज्ञान तर्फका परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमण भइ अस्पताल भर्ना भएकाले परीक्षा स्थगित गरिएको जानकारी दिएको छ।
विश्वविद्यालयले वैशाख १६ गतेदेखि स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरु स्थगित गरेको हो।
यसअघि विश्वविद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक रुपमै सञ्चालन गर्ने भनेको थियो।
तर, विद्यार्थीहरुमा नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण देखिएपछि विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।