काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा सञ्चालनमा ल्याएको छ। यो बैंकको १०३औं शाखा हो।
उक्त शाखाको शुक्रबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र एभरेष्ट बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
बैंकले हालसम्म १०३ शाखा, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एमएमएस बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।