काठमाडौं– अस्पतालका कर्मचारीमा कोरोना देखिएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बन्द भएको छ। आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशित गरी जानकरी दिएको छ।
पीसीआर परीक्षणका क्रममा अस्पतालमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालले सेवा बन्द गरेको हो। अस्पतालका डाक्टर, नर्ससँगै प्रशासनिक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ
अस्पतालले सूचना निकालेर आज आइतबारदेखि वैशाख १८ गतेसम्म इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने जानकारी गराएको छ, जसबाट बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमासमेत मागेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।