काठमाडौं- कोहलपुर ९ का ६० वर्षीय काेराेना संक्रमित पुरुषले आफ्नै घरमा आत्महत्या गरेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार संक्रमित पुरुषले शनिबार साँझ घरमै आत्महत्या गरेका हुन्।
डिसिसिएमसी बाँकेमा फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा वैशाख ३ गते गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलसनमा बसेका बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।