चितवन–भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशूलीमा खसेर बेपत्ता भउका छन्। पुलबाट खसेकामध्ये तीन जनाको उद्धार गरिएको छ भने दुई बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए। दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए। उद्धार गरिएकालाई उपचारका लागि भरतपुर लगिएको छ भने बेपत्ताको खोजी जारी छ।
निर्माणाधीन उक्त पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो। ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने गरी ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।