बाजुरा–बाजुराको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्।
शनिबार त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्कीलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए।
उनीहरुलाई खोयालेकमा चितुवाको छालाका साथै हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।