काठमाडौं– सरकार अहिलेको प्राथमिकता छाढेर अन्यत्र लागेको पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन्।
अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताउँदै उनले यसका लागि उचित कदम चाल्नसमेत आग्रह गरेका छन्।
शनिवार समाजिक सञ्जालमार्फत भट्टराईले अनावश्यक शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल गरेका हुन्।
भारतीय सिमानामा आवश्यक व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोखाउन समेत उनले सरकारसँग आग्रह गरेका छन् ।
‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उनले भनेका छन्।
सरकारले अनावश्यक काममा भिडभाड गरेको भन्दै उनले अगाडि लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।