काठमाडौं– सरकारका एक वरिष्ठ मन्त्रीले कोरोना महामारीको दोस्रो लहर तीब्र बनेपछि नेपालीको जीवनरक्षा कसरी गर्ने भन्ने अन्योल पैदा भएको चिन्ता व्यक्त गरेका छन्।
अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसको संक्रमणबाट मानवजीवनको रक्षा कसरी गर्ने भनेर धर्मसंकटको जस्तो अवस्था आएको बताए।
हेल्प पब्लिकेशनको अंग्रेजी न्यूज पोर्टल नेपाल लाइभ टूडेको शुभारम्भ गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
'हामी हाम्रो सामर्थ्यको सीमा र चुनौतीको बीचमा छौं,' अर्थमन्त्री पौडेलले भने, 'लकडाउनमा जानुहुन्न भन्ने आमधारणा छ, तर मानवजीवनको रक्षा कसरी गर्ने भन्ने धर्मसंकटजस्तो अवस्था आएको छ।'
मन्त्री पौडेलले अहिले निषेधाज्ञा वा लकडाउनजस्ता 'केही कुरा' लगाउने 'इम्पोज गर्ने' मनस्थितिमा सरकार नभएको पनि मन्त्री पौडेलले बताए।
यद्यपि कोरोना नियन्त्रणका लागि भीडभाड पूर्ण रुपमा रोक्ने तयारीमा सरकार रहेको उनले बताए। 'सरकार भीडभाड पूर्णतः रोक्ने तयारीमा चाहिँ छ। अक्सिजन, भेन्टिलेटर, औषधिको अभाव हुन्छ, एकचोटि निर्णय गरेर नपुग्ने हुँदा परिस्थितिअनुसार निर्णय गर्दै जाने हो,' पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।