काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले केपी शर्मा ओलीले धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कारेको टिप्पणी गरेका छन्।
शनिबार सामाजिक सञ्जाल ट्वीटर मार्फत डा भट्टराईले ‘बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरुलाई दुत्कार्दैछन्’ भन्दै टिप्पणी गरेका हुन्।
२०७२ सालको भूकम्पले भत्किएपछि नयाँ बनाइएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेपछि डा भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।
डा भट्टराईले ट्वीटमा लेखेका छन्,‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं(तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो१बयलगाडे महावाणीहरू ओकलिंदै थिए१शक्तिकेन्द्रहरू २(खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।