काठमाडौं– संविधान सभाका सदस्य एवं शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ।
सिद्धार्थ वनस्थली स्कुलका संस्थापकसमेत रहेका राजवंशीको ८६ वर्षको उमेरमा शनिबार विहान निधन भएको हो।
राजधानीको वटुमा जन्मिएका राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्याङबाट लडेर घाइते भएका थिए। त्यसपछि नर्भिक अस्पताल लगिएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
राजवंशी दोस्रो संविधानसभामा नेपा: राष्ट्रिय पार्टीका सांसद पनि थिए। नेपाल भाषा, नेपाली र अंग्रेजीमा कलम चलाउने उनका तीन दर्जनभन्दा पुस्तक प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।