काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावरको स्मरण भएको बताएका छन्। शनिबार नवनिर्मित धरहराको उद्घाटनका क्रममा उनी धरहराको २०औं तला पुगेर पुष्पवृष्टि गरेका थिए।
'मलाई अलिअलि आइफल टावर चढ्दाको स्मरण भयो। आइफल टावर चढ्दा माथि पुगेपछि उधुम हावा चल्छ। यसमा पनि मान्छेले जस्तोसुकै गर्मीको मौसममा पनि चढ्यो भने पनि त्यहाँको चिसो हावाले बेग्लै आनन्द दिनेगरी निर्माण भएको छ,' ओलीले भने।
प्रधानमन्त्री ओलीले आफूले २०औं तलामा पुगेर घुमेर हेरेको र अत्यन्तै भव्य दृश्य देखेको बताए। 'त्यो त्यति उचाइमा भएको हुनाले तीव्र वेगका साथ धेरै वेगका साथ हावा चलेको छ। किनभने, त्यो त्यति उचाइमा छ। जसले गर्दा त्यहाँ वेगका साथ हावा चल्छ। जसलाई कुनै चिजले पनि छेकेको छैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।