काठमाडौं। नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौंथो संस्करण यो पटक अनलाइन माध्यमबाट आयोजना हुने भएको छ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि निफ अब अनलाइनबाटै गर्न लागिएको आयोजकको भनाइ छ। कोभिड नियन्त्रणका लागि जारी गरिएका मापदण्डका कारण फेस्टिभल अनलाइनबाट हुन लागेको हो।
फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका बिभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने आयोजकको भनाइ छ। प्रत्यक्ष भेला भएर भन्दा अनलाइनबाटै प्रत्यक्ष प्रसारण गर्दा धेरै मानिसले फेस्टिवलमा सहभागीता जनाउन पाउने आयोजकको अनुमान छ।
फेस्टिभल वैशाख २३ देखि २७ गतेसम्म आयोजना हुनेछ। जसमा नेपाली फिचर फिल्म बाहेक अन्य ५२ देशका ४ सय बढी फिल्म हेर्न पाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।