काठमाडौं– नेकपा माओवादी केन्द्र छोडेर एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई चौथो वरीयता दिइएको छ।
शुक्रवार बसेको नेकपा एमालेको महाधिवेश आयोजक कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको छ। उक्त कमिटीमा माओवादी केन्द्र छोडेर एमालेमा लागेका बादललाई उपप्रधानमन्त्री ईश्वर पोखरेलपछिको वरीयतामा राखिएको हो।
अध्यक्ष केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेलपछिको वरीयतामा बादल रहेका हुन्।
झलनाथ खनाल–माधव नेपाल पक्षलाई बाहिरै राखेर गठन गरिएको स्थायी कमिटीमा माओवादी परित्याग गरेर एमालेमा आएका ४ जना नेता अटाएका छन्।
पूर्वमाओवादी नेताहरु बादलसहित, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा ओलीले पुनर्गठन गरेको एमालेको स्थायी कमिटीमा अटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।