काठमाडाैं–तीन न्यायाधीशसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च अदालत वीरगञ्जले शुक्रवारसम्मका लागि अदालतवाट प्रवाह हुने सवै सेवा बन्द गरेको छ।
अदालतका न्यायाधीश र कर्मचारी गरी १२० जनाको पिसिआर परिक्षण गर्दा ८६ जनाको रिपाेर्ट आएकाेमध्ये १८ जनामा संक्रमण पुष्टि भएपछि अदालतबाट प्रभाव हुने सेवा वैशाख १२ गतेसम्मका लागि स्थगित गरिएको स्रेस्तेदार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन्।
उच्च अदालतले अन्य कर्मचारी र न्यायाधीशको परिक्षण रिपाेर्ट नआएसम्म अदालतबाट सेवा प्रवाह गर्न नसकिने सूचना जारी गर्दै सेवा स्थगन गरेको उनले बताए।
आइतबारसम्म सवैको परिक्षणको रिपाेर्ट प्राप्त भएपछि अदालत खोल्ने बारे निर्णय गर्ने उनले बताए । उच्चले अदालत सञ्चालनको बारेमा सर्वोच्च अदालतसँग पनि राय माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।